उरुग्वेलाई अर्जेन्टिनाले हरायो, मेस्सीको कीर्तिमान
समाधान संवाददाता
२०७८ असार ५ गते ७:४८

समाधान संवाददाता, पोखरा
कोपा अमेरिकामा अर्जेन्टिनाले बलियो टोली उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले हराएको हो ।
अर्जेन्टिनाका लागि रोड्रिगेजले १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रोड्रिगेजलाई कप्तान लियोनेल मेस्सीले एसिस्ट गरेका थिए । मेस्सीको आजको एसिस्टसँगै उनी कोपा अमेरिकामा सबैभन्दा धेरै १३ पटक एसिस्ट गर्ने खेलाडी पनि बनेका छन् ।
जितसँगै समूह बीमा रहेको अर्जेन्टिना पहिलो स्थानमा उक्लिएको छ । २ खेलमा १ मा जित र १ मा बराबरी खेलेको अर्जेन्टिना ४ अंक सहित शीर्ष स्थानमा रहेको हो । अब अर्जेन्टिनाले तेस्रो खेलमा मंगलबार पाराग्वेसँग खेल्नेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया