दरबन्दी मिलानसंगै लोमान्थाङका विद्यालय मर्ज ,अन्य पालिकामा तह घट्ने

एसके थकाली \ जोमसोम
सरकारले शिक्षक दरबन्दी पुनर्वितरणसंगै हिमाली जिल्ला मुस्ताङका सरकारी सामूदायिक विद्यालय समस्यामा पर्न थालेका छन् ।शिक्षक दरबन्दी पुनर्वितरणले यहाँका विद्यालयमा धमाधम शिक्षक संख्या कटौती हुँन थालेको हो । शिक्षक दरबन्दी पुनर्वितरणले यहाँका मुस्ताङका विद्यालयलाई समायोजन गर्नुपर्ने चुनौती थपिएको हो ।
सरकारले यसअघि देशैभर शिक्षक दरबन्दी पुनरर्वितरण थालेको हो । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम मुस्ताङमा आधारभूत तह ( १—५) तहमा १ सय २३ जना ,आधारभूत तह ( ६—८) तहमा १८ जना र माध्यमिक तहमा ८ जना शिक्षक कटौती गरिन लागिएको हो । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनसंगै मुस्ताङका विद्यालय सकसमा पर्न थालेका हुन् । उनीहरुले दरबन्दी मिलानपछि विद्यालय समायोजन वा तह घटाई बिद्यालय संञ्चालन गर्नुपर्ने अवस्था आएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।
समन्वय ईकाई प्रमुख बरालका अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनसंगै उपल्लो मुस्ताङको लोमान्थाङमा ३ तह गरी ४४ जना शिक्षकमा ३४ जना शिक्षक कायम गरिएको छ । लोमान्थाङमा प्रावि तहको बिद्यार्थी गणना गरी केन्द्रले थपघट गरेको हो । लोमान्थाङमा प्रावि तहको २९ दरबन्दीमा १४ जना र मावि तहको ६ जनामा ५ जना शिक्षक कायम गरेको छ । निमावि तहमा पुलमा परेका शिक्षकलाई समायोजन गरी १५ जना कायम गरिएको छ । प्रावि तहमा पुलमा परेका शिक्षकलाई बिद्यार्थी संख्याको आधारमा उपल्लो तहमा व्यवस्थापन गरिएको हो ।
लोघेकर दामोदरकुण्ड गापामा कुल २४ जना शिक्षकमा १६ जना कायम गरिएको छ । प्रावि तहको २३ जनामा ११ जना कायम गरिएको छ भने पुलमा परेका शिक्षकलाई व्यवस्थापन गरी निमावि तहमा ४ शिक्षक वृद्धि गरी ५ जना कायम गरिएको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गापामा प्रावि तहको ४८ जना शिक्षकमा २१ जना र मावि तहमा ६ जनामा ४ जना शिक्षकमा कायम गरिएको हो ।निमावि तहमा भने बिद्यार्थी संख्याका आधारमा पुल परेका शिक्षकलाई समायोजन गरी ८ पू¥याएको हो । शिक्षा नियमावली अनुसार मावि तहतर्फ ५ जना शिक्षकको कोटा हुने भएपनि वारागुङमा एक जना मावि शिक्षकको कोटा थप्नु पर्ने देखिन्छ ।
यस्तै,घरपझोङ गापामा प्रावि तहको ५५ शिक्षकमा २३ जना,निमावि तहको १५ शिक्षकमा १० जना शिक्षक कायम गरिएको छ । मावि तहमा भने पुलमा परेका ३ जना शिक्षकलाई समायोजन गरी १६ जना पू¥याएको छ ।थासाङ गापामा प्रावि तहमा ७३ जनामा २९ जना ,निमावि तहमा २१ जनामा ८ जना र मावि तहमा १७ जनामा १० जना शिक्षक कायम गरिएको हो ।
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनसंगै मुस्ताङमा पुलमा रहेका प्रावि तर्फ २९ जना ,निमावि तहमा १५ जना र मावि तहमा ४ जना शिक्षक गरी ४८ जना शिक्षक पुनर्वितरण हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय ईकाईले उल्लेख गरेको छ ।मुस्ताङको घरपझोङमा १७ जना ,वारागुङ मुत्तिक्षेत्रमा १ जना र थासाङ गापामा ३० जना शिक्षक मिलान हुन बाँकी छ । शिक्षक दरबन्दी मिलानसंगै उपल्लो मुस्ताङको लोमान्थाङ गापाले ८ सामुदायिक विद्यालयलाई समायोजन गरी ३ वटा बिद्यालय कायम गरिसकेको समन्वय ईकाईले जनाएको छ ।
यस्तै,तल्लो तहमा भएको दरबन्दी उपल्लो तहमा थप गर्ने संम्भावना भएका पुलमा परेका शिक्षकमा घरपझोङमा २ जना र थासाङमा ३ जना गरी ५ जना रहेको छ ।
मुस्ताङका ५ स्थानीय तह मध्ये सबैभन्दा बढी सामुदायिक विद्यालय रहेको थासाङ गापामा ३ मावि ,५ निमावि र ४ प्रावि तहका विद्यालय छन् ।
शिक्षा नियमावलीमा तोकिए बमोजिम थासाङको ३ मावि २ जना शिक्षक अपुग हुन्छ । सो पालिकामा प्रावि तह घटाएर संञ्चालन गर्ने अवस्था रहेपनि निमावि तहमा दरबन्दी मिलानले समस्या पारेको हो ।
त्यहाँ निमावि तहको विद्यालय समायोजन गरेमात्र शिक्षक व्यवस्थापन हुन सक्ने अवस्था छ ।यस्तै ,अन्य पालिकाहरुले समेत प्रावि तहको ( १—५ ) बिद्यालयलाई घटाएर ( १—३ )कक्षा कायम गर्ने तैयारी गरेको समन्वय ईकाईको भनाई छ ।
तपाईको प्रतिक्रिया