आज सुनको मूल्य स्थिर
समाधान संवाददाता
२०७८ असोज १० गते ११:५४

आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया