बिएमटिएम विद्यार्थीको सहयोग
समाधान संवाददाता
२०७८ चैत २८ गते १५:३१

पोखरा l
जनप्रिय बहुमुखी क्याम्पस सिमलचौरमा बिएमटिएम पहिलो सेमेस्टारका विद्यार्थीले आमा समूहलाई डस्टबिन हस्तान्तरण गरेका छन् । पर्यटकीय सहर पोखरालाई हरियो र सफा राख्ने अभियानमा सघाउन सहयोग गरिएको हो ।
बिएमटिएम पहिलो सेमेस्टारको आयोजनामा भएको कार्यक्रममा नमूना आमा समूह अध्यक्ष जूना अधिकारीलाई डस्टबिन हस्तान्तरण गरियो । सुजन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, क्याम्पस प्रमुख कृष्णबाबु बराल र विद्यार्थीद्वय मेलिना घर्तीमगर र निकिता नेपालीले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया