फुड फेस्टिभल गर्दै विद्यार्थी

समाधान संवाददाता २०७९ वैशाख १३ गते १२:५१

पोखरा l
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत होटेल व्यवस्थापन चौथो सेमेस्टरका विद्यार्थीको आयोजना फुड फेस्टिभल हुुने भएको छ । क्याम्पसको व्यवस्थापनमा वैशाख १६ र १७ गते क्याम्पस परिसरमा फेस्टिभल हुन लागेको हो ।

Advertisement

अवसरमा क्याम्पस स्तरीय खुला नृत्य कार्यक्रमसमेत हुनेछ । सो अवसरमा स्थानीय ब्यान्डका लाइभ म्युजिक, चर्चित गेम, नृत्य कार्यक्रम सम्पन्न हुनुका साथै होटेल व्यवस्थापन कार्यक्रममा अध्ययनरत विद्यार्थीद्वारा तयार पारिएका स्वदेशी तथा विदेशी विभिन्न परिकार राखिनेछ ।

तपाईको प्रतिक्रिया