लिटल फ्लावर एजुकेसन एकेडेमीको प्राचार्यमा विकल
समाधान संवाददाता
२०७९ असार १३ गते १३:०७

पोखरा ।
पोखरा महानगरपालिका २७ मा अवस्थित लिटल फ्लावर एजुकेसन एकेडेमीको प्राचार्यमा विकल पौडेल नियुक्त भएका छन् । विगत २७ वर्षदेखि अध्यापन पेशामा आबद्ध पौडेललाई एकेडेमीले आइतबार प्रिन्सिपलका रुपमा नियुक्त गरेको हो ।
२०५० सालमा स्थापित एकेडेमीमा ६ सय ५० बढी विद्यार्थी अध्ययनरत छन् । यसअघि महेन्द्र मावि नयाँबजारमा सहायक प्रमुखको जिम्मेवारीमा रहेका पौडेल हिमाल कलेजका सञ्चालक समेत हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया