एसइई मिस सुपर मोडल कलेजकी विजेताको रोजाइ हिमाल कलेज
समाधान संवाददाता
२०७९ असार १५ गते ११:२०

पोखरा ।
एसइई मिस सुपर मोडल जुना श्रेष्ठको रोजाइमा हिमाल कलेज अफ म्यानेजमेन्ट परेको छ । देशैभरि एसइई दिएर बसेका विद्यार्थीमध्ये जुना सबैलाई उछिनेर ताज जितेकी थिइन् ।
अन्तिमचरणमा ६० प्रतिस्पर्धीलाई पछि पार्दै जुनाले उपाधी हात पारेकी हुन् । पोखरा १५ रामबजार तल्लो जनशक्ति टोलकी जुनाले नतिजा आइ सकेपछि व्यवस्थापन पढ्ने निधो भएमा हिमाल कलेजमै पढ्ने बताइन् । पोखरमै बस्ने परिस्थिति बन्यो र म्यानेजमेन्ट पढ्ने भएमा हिमाल कलेज अफ म्यानेजमेन्टमा पढ्ने सोचेकी छु, उनले भनिन् ।
जुनालाई विभिन्न १२ कलेजले फुल स्कलरसिप सहित पढ्न अफर गरेका छन् । हिमाल कलेजले आफ्नो कलेजमा पढे पुर्ण छात्रवृत्ति दिने क्याम्पस प्रमुख हरि कार्कीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया