एसओएस पोखरामा विद्यार्थी परिषद्

पोखरा ।
पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद् पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिने विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले जानकारी दिए ।
विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील बनाउने गरी हरेक वर्ष परिषद् बनाइने उनको भनाइ छ । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिङि र तेन्जिन छेतेन छन् । विद्यार्थी प्रिफेक्टमा छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् । छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाड., पासाड. डोल्मा र अनिता गुरुड. चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुड. र पेमा डोल्मा चयन भएका छन् ।
सो अवसरमा उर्गेन दावा, गोविन केसी, विद्यार्थी नायक ढुन्डुप छिरिङ, छात्रा नायक तेन्जिन छेतेन, शिक्षक अमृत घिमिरे लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया