कालिका माविमा विद्यालय पोशाक वितरण

पोखरा ।
कालिका माध्यमिक विद्यालय राम बजारमा अध्यनरत विपन्न परिवारका दुई जना विद्यार्थी डेनिका गर्वुजा र सागर परियारलाई जेष्ठ नागरिक मिलन केन्द्रका सहचिव जीवन श्रेष्ठले विद्यालय पोसाक हस्तान्तरण गरेकी छिन् ।
विद्यालयका सह प्रध्यानाध्यापक सूर्यमोहन ढकालले विद्यालयमा अध्यनरत विपन्न परिवारका बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराई उनिहरुको भविष्य प्रति एउटा ईटा थप्ने काम गरेको भन्दै टिका र खादा लगाई धन्यवाद दिएका थिए ।
सहसचिव श्रेष्ठले आफूले विगतदेखि नै योगदान गर्दै आएको बताइन् । कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्दै गरिव तथा विपन्न परिवारका बालबालिकालाई आफूले सहयोग गर्दै आएको कुरा उल्लेख गरिन् ।
विद्यालयका सह प्रध्यानाध्यापक बासूदेव अधिकारीले श्रेष्ठ जस्ता सहयोगी मनहरुको कारणले कालिका माविमा विपन्न परिवारका बालबालिकाले पढ्न पाएको कुरा उल्लेख गर्दै धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया