पोखरा नर्सिङ क्याम्पसमा विद्यार्थीको स्वागत

समाधान संवाददाता २०७९ भदौ २० गते ११:४४

पोखरा ।
पोखरा नर्सिङ क्याम्पस पोखरामा २०७८/०७९ ब्याचका बिएस्सी तथा बिएनएस तहका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । क्याम्पसका दुबै कार्यक्रमतर्फ ४०, ४० विद्यार्थी भर्ना भएका छन् ।

Advertisement

कार्यक्रममा क्याम्पस प्रमुख प्रा नीता ताम्राकारले २०३९ फागुन १७ गते स्थापना हुँदा क्याम्पसमा ४० विद्यार्थी र थोरै शिक्षक कर्मचारीमात्र भएको बताइन् । अहिले प्रविणता प्रमाण पत्रदेखि स्नातकोत्तरसम्म यहाँ पढाइ हुन्छ । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने सन्र्दभमा कुनै पनि सम्झौता नगरिने प्रतिवद्धता गरिन् । क्याम्पसको समृद्धि र विकास तथा क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजान सबै शिक्षक, कर्मचारी र विद्यार्थीको अथक मेहनत र परिश्रम आवश्यक पर्ने उनको भनाइ छ ।


कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरु हिमाली थापा र बिपना थापा तथा अविभावकको तर्फबाट मुकुन्द ढकाल र नवराज रेग्मीले बोलेका थ्एि । समारोहमा सहप्राध्यापक डा कल्पना पौडेल, छात्रावास प्रमुख उषाकिरण पौडेल, प्रशासन प्रमुख प्रजापति पराजुली, पुस्तकालय शाखाकी ज्ञानकुमारी पराजुली, उपप्राध्यापक निशा श्रेष्ठ र शाखा अधिकृत धनबहादुर थापाले समेत बोलेका थिए ।

तपाईको प्रतिक्रिया