फेवा आधारभूतमा जेसीजकाे शैक्षिक सामग्री वितरण

पोखरा ।
पोखरा जेसीजले पोखरा २३ पामे मार्मीमा रहेको फेवा आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रध्यानाध्यापकको संयुक्त उपस्थितिमा संस्थाका अध्यक्ष मिनराज खड्काले शैक्षिक तथा खेलकुद सामग्री हस्तानान्तरण गरेका हुन् ।
विद्यालयमा अध्यनरत विद्यार्थी तथा अभिभावकका निशुल्क दन्त परिक्षण समेत गरिएको थियो । डक्टरी डेन्टल एण्ड इप्लान्ट सेन्टरको समन्वयनमा भएको हो ।
वडाध्यक्ष रामकाजी गुरुङले पोखरा जेसीजका वर्तमान अध्यक्ष मिनराज खड्काको शिक्षाको सुरुवात यसै विद्यालयबाट भएको कुरा स्मरण गराउँदै आफु पढेको विद्यालयमा शैक्षिक तथा खेलकुदका सामान वितरण गर्नुका साथै निशुल्क दन्त परिक्षण गरी राम्रो काम गरी पून्यको काम गरेको प्रति खुशी व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि आफुले कुनै कसुर बाँकी नराख्ने उदघोष समेत गरे ।
विद्यालय व्यवास्थापन समितिका अध्यक्ष श्याम बहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि विद्यालयमा शिक्षक दरबन्दी थप्नुपर्ने कुरा राखे । विद्यालयको भवन निर्माण र मर्मत समेत गर्नु पर्ने कुरा बताए । पोखरा महानगरपालिका भित्र भए पनि महानगरको नजरबाट ओझेलमा परेको छ, शिक्षा महाशाखाको ध्यान र नजर जाओस् भन्ने कुरा उल्लेख गरे ।
विद्यालय निरीक्षक रामप्रसाद तिवारीले यस विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि जस्तो सुकै सहयोग गर्न आफु सधै तयार रहेको कुरा उल्लेख गरे । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिनराज खड्काले गरेका थिए । स्वागत मन्तव्य तथा कार्यक्रमको जानकारी कार्यक्रम मुल संयोजक कुशल पौडेलले दिएका थिए । कार्यक्रम संञ्चालन संस्थाका महासचिव प्रकास घिमीरेले गरेका थिए ।
तपाईको प्रतिक्रिया