वक्तृत्वकलामा शान्ति निकेतन स्कुल प्रथम

पोखरा ।
स्कोप कास्कीद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकलामा शान्ति निकेतन स्कुलमा कक्षा १० मा पढ्ने छात्रा दिपाली भट्टराईले प्रथम स्थान प्राप्त गरेकी छन् । विद्यार्थीको वाककलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सोही विद्यालयकी कक्षा ९ मा अध्यनरत अदिति पराजुलीले द्वितीय स्थान तथा डिज्नील्यान्ड एकेडेमीकी कक्षा ९ मा अध्यनरत स्मृति बरालले तृतीय स्थान प्राप्त गरेकी छन् ।
कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट २०७८ सालको एसइईमा जिपीए ४ ल्याउन सफल स्कोप कास्कीकै सदस्य विद्यायालय डिज्नील्यान्ड एकेडेमीकी छात्रा रीतिका पोखरेल तथा विद्यालयलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा स्कोप कास्कीका अध्यक्ष महेश्वर पराजुली, उपाध्यक्ष दुर्गाबहादुर थापा, नेपाली भाषा शिक्षक परिषद कास्कीका सदस्यहरु नारायण पराजुली र शिशिर ढुंगाना, डिज्नील्याण्डका निर्देशक मित्रबन्धु बराल तथा पोखरा स्पाइरल ग्यालेक्सिका संस्थापक तेजेन्द्र पौडेल र शान्ति निकेतन स्कुलका परीक्षा प्रमुख हेम सुवेदी लगायत थिए ।
तपाईको प्रतिक्रिया