नयाँ विद्यार्थीलाई त्रिवेणीको स्वागत

पोखरा ।
पोखरा महानगरपालिका २६ स्थित त्रिवेणी पब्लिक माविमा नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । नमस्ते पार्टी प्यालेसमा भएको स्वागत कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विद्यालय प्रशासन र कक्षा १२ अध्ययनरत विद्यार्थीले संयुक्त रुपमा स्वागत गरेका हुन् ।
पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालन समितिका अध्यक्ष राजेन्द्रमणि पौडेलले गरेका थिए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी छोटो समयमै राज्यका निर्णायक निकायसम्म आफ्नो उत्पादन पुर्याउन सफल भएको भन्दै वडाध्यक्ष थापाले विद्यालयको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालयले किताबी ज्ञानको साथै व्यवहारिक पक्षलाई जोड दिएकै कारण छोटो समयमा स्थापित हुन सफल भएको जनाए । कार्यक्रमको सञ्चालन गोविन्द भण्डारीले गरेका थिए भने सह–प्राचार्य प्रकाश सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया