माउन्ट अन्नपूर्णमा बालदिवस कार्यक्रम
समाधान संवाददाता
२०७९ भदौ ३० गते १७:१७

पोखरा ।
माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल नदिपुरले बालदिवस मनाएको छ । कार्यक्रममा कक्षा नर्सरी देखि दशसम्मका विद्यार्थीको सहभागिता थियो । विद्यार्थी तथा कक्षा १२ का छात्राहरुले नृत्य, गायन, कविता बाचन प्रस्तुत गरेका थिए । शिक्षक शिक्षिकाले पनि नृत्य र कविता बाचन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिएको थियो । कक्षागत रुपमा अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता पनि गरिएकाे थियो । विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङगको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बाल अधिकारको महत्व र बालापन को संरक्षण को महत्व माथी प्रकाश पार्दै शुभकामना दिए । कार्यक्रमको संचालन एकेडेमिक इन्चार्ज ध्रुव पोख्रेलले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया