कवाडी व्यवसाय बस्ती भन्दा ५०० मिटर टाढा बनाउन पोखरा महानगरको निर्देशन

समाधान संवाददाता २०७९ भदौ ३१ गते १३:३३

पोखरा ।
पोखरा महानगरपालिकाकाले कवाडी संकलन केन्द्रलाई बस्तीबाट कम्तिमा पनि ५०० मिटर टाढा स्थापना गर्न अनुरोध गरेको छ । डेंगु रोग फैलनुमा केन्द्र मुुख्य कारण रहेको भन्दै व्यवसाय संचालकलाई अन्यत्र सार्न निर्देशन दिएको हो ।

Advertisement

सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट व्यवसाय नहटाइएमा कानून अनुसार कारवाही हुने बताइएको छ । सम्बन्धित व्यक्तिलाई सम्झौता अवधि जतिसुकै भए पनि सोही अनुसार सम्झौता संशोधन गर्न सूचनामा उल्लेख छ ।

व्यवसाय वरपर क्षेत्रका पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम तथा टिनका भाँडा, टायर, गमला लगायतका पानी जम्ने स्थानहरुलाई नष्ट गर्ने गराउने कार्यमा लाग्नु हुन सम्पूर्ण वडा कार्यालय, नागरिक समाज, सरोकारवाला तथा नगरवासीलाई महानगरले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया