स्कुललाई प्लास्टिक व्यवसायीको साथ
समाधान संवाददाता
२०७९ असोज २ गते १३:३२

पोखरा ।
पोखरा प्लास्टिक व्यवसायी समितिले बाटुलेचौरको विन्ध्यवासिनी माविलाई डस्टबिन हस्तान्तरण गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष ऋषिराम शर्माले प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई २२ थान डस्टबिन हस्तान्तरण गरे ।
प्रधानाध्यापक आचार्यले समितिले गरेको सहयोगप्रति आभार प्रकट गरे । विद्यालयबाट निस्कने फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सहयोग प्रभावकारी हुने शर्माको भनाइ छ । समिति अध्यक्ष शर्माले महानगरपालिकाको फोहोर वर्गीकरण अभियानलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सचिव परशुराम, सहसचिव युवराज इटनी, विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँ, नवीन अधिकारी, कार्य समितिका सदस्य बलराम चापागाईं, विमला बराल र हरिप्रसाद कोइरालाले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया