‘शैक्षिक क्षेत्रलाई रोजगारमूलक बनाउनु पर्छ’

समाधान संवाददाता २०७९ असोज ९ गते १३:१४

लेखनाथ ।
गण्डकी विश्वविद्यालयका कूलपति प्राडा गणेशमान गूरुङले शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । कूलपति गुरुङले पोखरा २७ को तालचोमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको सातौं वार्षिक साधारण सभाको उद्धघाटन गर्दे शिक्षण सस्थाहरु परमपरागत भन्दा नविनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी शैक्षिक क्षेत्रलाई रोजगारमूलक शिक्षामा जोड दिदै, शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्नु नै आजको आवश्यकता रहेको बताएका हुन् ।

Advertisement

सबै कुराको जड शिक्षा भएकाले समग्र देशका शैक्षिक संस्थाहरुले पनि परम्परागत शिक्षा भन्दा नविनतम र गुणस्तरीय शिक्षा दिनु नै आजको अवश्यकता हो उनको भनाई थियो । कलेज व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य वावुराम गिरीले निजी स्तरवाट सञ्चालन भएको कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने कुरा व्यक्त गरेका थिए ।

कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन बोर्डको एक मात्र लक्ष्य रहेको बताउँदै शेयर सदस्यको लगानीलाई संरक्षण गर्दै कलेजको वृहत्तर हितको खातिर कार्य गरेको र संस्थालाई साँच्ची नै नमुना कलेज बनाउन वोर्ड सदस्यहरु लागि परेको बताए । कलेजका प्राचार्य यदुनाथ आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै समय सापेक्ष अनुसार शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ठ कलेज बनाउनमा आफूहरु लागि परेको धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पूर्व डिन ईन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, अमरसिद्ध नमूना माविका प्रधानाध्यापक विष्णु प्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष यमबहादुर रोक्का , पूर्व विद्यार्थी यसोसियसनका अध्यक्ष रामकृष्ण लामिछाने र विद्यार्थी कल्याणकारी संघकी अध्यक्ष सृष्टी तिवारीले शैक्षिक ज्ञान संग व्यवहारिक ज्ञानलाई अगाडी बढाउनु पर्ने धाराणा राखेका थिए । कलेजका अध्यक्ष सुमन भट्ट्राईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन कलेजका सहायक प्रमुख दिल्लीराम पौडेलले गरेका थिए ।

त्रिवेणी इन्टरनेशनल कलेजले कास्कीको लेखनाथमै व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षाका लागि विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रत्रकार, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीहरुको आकर्षण छ । कलेज सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा छ भने कलेजमा विविएस र एमविविएस विहानीका कक्षाहरु संचालनमा रहेको र कलेजमा हाल ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया