पोखरा खेलकुदको सहरः मुख्यमन्त्री

समाधान संवाददाता २०७९ पुष ८ गते ११:००

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा सुरु भएको छ ।

Advertisement

पोखरा रंगशालामा आयोजित १५ औं हिसान स्पोर्टस मिट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले पोखरा खेलकुद संस्कृतिको सहरको रुपमा विकास भएको बताए ।

उनले भने, ‘गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको संस्कृतिको सहरका रुपमा स्थापित गर्न सहयोग गरेको छ ।’

पोखरालाई खेलकुदको राजधानी सहरको रुपमा घोषणा गर्न प्रदेश सरकारले पटक पटक संघीय सरकारलाई भनेको उनले बताए । मुख्यमन्त्री पोखरेलले हिसानले शिक्षाको क्षेत्रमा जस्तै खेलकुदको विकासका लागि समेत महत्वपूर्ण भूमिका खेलेकोमा आभार व्यक्त गरे ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जितको विषय नहुने बताए । उनले खेलकुदले एकताको विकास गर्न अहम भूमिका खेल्ने बताउँदै हिसानले आगामी दिन चाँडै नै राष्ट्रिय स्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको जनाए ।

Advertisement

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा १५ औं हिसान स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिँदै आएको बताए ।

मिट अन्तर्गत बिहीबार प्लस टु छात्रतर्फ १३ खेल भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरुङले जनाएका छन् । उद्घाटन खेलमा सगरमाथाले रेन्बोलाई ४४–६ स्कोरले पराजित गरेको छ ।

हाभर्डले गुरुकुल विद्याश्रमलाई २२–१२, साइनिङ स्टारले सबलाइमलाई ११–९ ले, बालोदयले पोखरा मल्टिमोडललाई २७–११ ले, गोरखाले न्यूलाइटलाई १५–१३ ले, बाल क्ल्याणले गुरुकुल विद्यासदनलाई ४१–२४ ले, भाष्करले त्रिवेणीलाई ३७–३४ ले पराजित गरेका छन् ।

जेसिएले वेलननलाई ३६–२ ले, ग्लोबलले बेथानीलाई ५०–२० ले, मेरी गोल्डले न्यू मोडललाई २४–७ ले, केएमएले सिर्जनालाई ४१–३२ले, मनकामनाले एलएलाई ६५–१९ ले, मासले डायमण्डलाई ५०–९ ले पराजित गरे ।

विश्वविद्यालय छात्रा सिंगल्स टेबुल टेनिसमा पोखरा इन्जिनियरिङकी प्रकृती गौतम प्रथम भएकी छन् भने लेकसिटीकी सिमर विक दोस्रो र लाग्रान्डीकी आस्था श्रेष्ठ र सपना बानियाँ तेस्रो भएका छन् ।

विश्वविद्यालयतर्फ भएको डबल्स् छात्रातर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट पहिलो हुँदा दोस्रो लेकसिटी कलेज भएको छ । त्यस्तै लाग्रान्डी र पोखरा इन्जिनियरिङ कलेज तेस्रो भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले बताए ।

विश्वविद्यालय छात्र टेबुल टेनिस सिंगल्सतर्फ सोच कलेजका कविर श्रेष्ठ पहिलो हुँदा लिंकनका अमिष ढकाल दोस्रो भएका छन् । पिसिएमका शिशिर बास्तोला र इम्फरमेटिक्सका प्रताप खड्का तेस्रो बने । छात्र डबल्सतर्फ लिंकन कलेज पहिलो, सोच कलेजले दोस्रो भए भने पोखरा इन्जिनियरिङ कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट तेस्रो भएका छन् ।

मिट अन्तर्गत प्लस टु छात्रछात्रा भलिबलतर्फ १६ खेल भएको संयोजक किरण सापकोटाले बताए । छात्रतर्फ पोखरा युनाइटेडले लिटिल स्टेपलाई, बाल प्रभातले केएमएलाई, स्पाइरल ग्यालेक्सीले ग्लोबललाई, केफले अक्सफोर्डलाई, हिल पोइन्टले त्रिवेणीलाई, वेस्ट पोइन्टले वेलननलाई, टप्सले बालोदयलाई, मासले पोखर मल्टिमोडललाई, प्रतिभाले भाष्करलाई पराजित गरे ।

प्लस टु छात्रा भलिबलमा केएमएले प्रतिभालाई, पश्चिमाञ्चलले जेसिएलाई, केफले सिर्जनालाई, मदरल्यान्डले साइनिङ स्टारलाई, हिल पोइन्टले मल्टिमोडललाई, केएमएले टप्सलाई, डायमन्डले न्यू ग्यालेक्सीलाई जितेको संयोजक सापकोटाले बताए ।

बिहीबारबाट प्लस टु छात्र–छात्रा सिंगल्स र डबल्सका ब्याडमिन्टनका पहिलो चरणका स्पर्धा सुरु भएको ब्याडमिन्टनका संयोजक पुरन कुँवरले जनाए । शुक्रबारबाट विश्वविद्यालयतर्फका पहिलो चरणका खेल हुने र प्लस टुतर्फ प्रि क्वाटरका खेल सुरु हुने उनले जनाए ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा. रामजी शर्माले जनाएका छन् ।

तपाईको प्रतिक्रिया