प्रतिभा हिसान स्पोर्टस मिट च्याम्पियन

समाधान संवाददाता २०७९ पुष ११ गते १०:५२

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा भएको १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ ।

Advertisement

पोखरा रंगशालामा गत पुस ६ गतेबाट जारी स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यसअघि लगातार ५ पटकसम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो ।

प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयको सहभागिता रहेको स्पोर्टस मिटमा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेस्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ र ट्रफी सफल भएको हो ।

प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ ।

प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेस्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् ।

Advertisement

प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो भएको छ । न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गरेको हो । छात्र बास्केटबल प्रतिभा माविले तेस्रो स्थान प्राप्त गरेको छ ।

यता, छात्रातर्फ प्रतिभा माविले मेरी गोल्ड माविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेस्रो स्थान प्राप्त गरेको छ । युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेस्रो भएको छ ।

छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ । ब्याडमिन्टनमा प्लस टु छात्र सिंगल्सतर्फ प्रगतिका शशांक अधिकारी प्रथम, प्रगतिकै आयुस थापा द्वितीय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतीय भएका छन् । छात्रातर्फ मदरल्यान्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोस्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समीक्षा गुरुङ र सगरमाथाकी सविना रानामगर तेस्रो भएका छन् ।

छात्र डबल्सतर्फ प्रगतिका शशांक अधिकारी र आयूष थापाको जोडी पहिलो, सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोस्रो, पिकेजीका सिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धीरज विक तेस्रो भएका छन् ।

छात्रातर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोस्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र सारिका गुरुङको जोडी दोस्रो, गुरुकुल विद्यासदनका अलिसा वरुवाल र ममिता गुरुङको जोडी ज्योततिकुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेस्रो भएका छन् ।

युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोस्रो, पोखरा लिंकनका रिजन सुर्यवंशी र पेकका निशान थापा तेस्रो भएका छन् ।

छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोस्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेस्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोस्रो र पेक तेस्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोस्रो र तेस्रो भएको हिसान कास्कीले जनाएको छ ।

टेबुल टेनिसमा प्लस टु छात्रछात्र सिंगल्सतर्फ स्टेप वाइ स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोस्रो, प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेस्रो भएका छन् । छात्रातर्फ डायमन्डकी अंकिता गुरुङ पहिलो, डायमन्डकै अनुषा गौतम दोस्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेस्रो भए ।

छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोस्रो, सिर्जनाका प्रवेश बानियाँ र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्बाको जोडी तेस्रो भएका छन् ।

छात्रा डबल्समा डायमन्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोस्रो, न्यू ग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमूल्य घलेको जोडी तेस्रो बन्यो ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया