पोखरा विश्वविद्यालयमा सांस्कृतिक मेला हुने

समाधान संवाददाता २०७९ पुष १२ गते १७:०६

तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वति पूजाको दिन सांस्कृतिक मेला २०७९ गर्ने भएकाे छ । मेलामा हास्य क्लाकार अदर्श मिश्रा आउने कार्यक्रमका संयोजक शंकर शाहले जानकारी दिए । कार्यक्रम पुसको तेस्रो हप्ता देखी माघ १२ गते सम्म सञ्चालन हुनेछ ।

Advertisement

सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन सांस्कृतिक भीडीयो प्रतियोगिता, हाजीर जवाफ प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, टग अफ़ वार , ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम गरिने कार्यक्रमका म्यानेजर शत्रुधन शाहले जानकारी दिए ।समापनकाे दिन विभिन्न सांस्कृतिक कार्यक्रमका गरिने उनले जानकारी दिए ।

विद्यालयको इतिहासमै पहिलो पटक हुन लागेको कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न साथ दिन कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले आग्रह गरे ।

कार्यक्रमको मुख्य प्रायोजककाे रुपमा कीरु इंजिनियरिङ कन्सलटेंसी , गोल्ड प्रायोजकमा भेनस इंटरनेशनल कन्सलटेंसी, स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इन्वेस्टमेंट ,२०/२० रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रयोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।

कार्यक्रममा व्यवस्थापन संकायका डीन दयाराज ढकाल ,संस्थापक निर्देशक विस्वविद्यालय अनुसन्धान केंद्रका उमेश गुप्ता, विस्वविद्यालय टीचिंग हॉस्पिटलका निर्देशक दिपेन्द्र यादव ,विद्यार्थी कल्याणकारी तथा अतिरिक्त क्रियाकलापका निर्देशक युवराज त्रिपाठी,स्कूल ऑफ़ हेल्थ एंड साइंसका इन्स्ट्रक्चर भूपेंद्र शर्मा ,परीक्षा समितिका सदस्य राजू पांडे ,प्राध्यापक संघका कोषाध्यक्ष रिषब खनालको ,सांस्कृतिक कार्यक्रमका सल्लाहकार नमनराज शाहकाे थियो।

Advertisement

तपाईको प्रतिक्रिया