कालिका क्याम्पस ३१ वर्षमा

समाधान संवाददाता २०७९ पुष १५ गते १४:११

पोखरा ।
पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्यम्पस ३१ औं वर्षमा प्रवेश गरेको छ । २०४८ मा स्थापना भएको क्याम्पसले मंगलबार विविध कार्यक्रम गरी वर्षगाँठ मनाएको हो ।

Advertisement

व्यवस्थापन र मानविकी संकायमा ८९ विद्यार्थी भर्ना गरेर स्थापना भएको क्याम्पसमा हाल मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय र १० जोड २ मा गरी १ हजार ४ सय विद्यार्थी छन् ।

क्याम्पसमा ग्रामीण विकासमा स्नातकोत्तर तह सञ्चालन गरिएको क्याम्पस प्रमुख बीरन्जी गौतमले बताए । ‘क्याम्पसमा २०७० देखि स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ सुरु गरेका छाैं,’ गौतमले भने ।

प्राध्यापकको क्षमता अभिवृद्धिका लागि मिनी रिसर्चसम्बन्धी गोष्ठी र कार्यशाला सञ्चालन गर्दै जाने उनले बताए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्याम्सले जोड दिनुपर्नेमा जोड दिए । क्याम्पसका निवर्तमान प्रमुख रवीन्द्र बस्तोलाले सीमित स्रोत र साधनका बाबजुद क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गरे ।

Advertisement

क्याम्पस सञ्चालक समिति सभापति किरण केसीले क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरे । क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष एवं वडा नम्बर १४ वडा अध्यक्ष बोधबहादुर कार्कीले क्याम्पसको शैक्षिक सुधारका लागि आफूले सहयोग गर्ने बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा क्यम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना, सदस्य जेबी कुँवर, कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, प्राध्यापक शंकर ज्ञवाली, विद्यार्थी कल्याणकारी कोषका सभापति मुस्कान थापा, महेश गुरुङ, क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया