ला–ग्रान्डीमा विद्यार्थी बिदाइ

पोखरा ।
पोखरा ८ सिमलचौर स्थित ला ग्रान्डी इन्टरनेसनल कलेजमा २०१७ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । ४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाइ गरिएको कलेजले जनाएको छ ।
बिबिए, बिसिए र बिपिएच सातौं सेमिस्टर अध्ययनरत २०१८ मा भर्ना भएका विद्यार्थीले अघिल्लो ब्याचलाई बिदाइ गरेका हुन् । सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको कलेजका प्राचार्य किरण केसीले बताए ।
कार्यक्रममा कलेजका संस्थापक देवराज चालिसेले अध्ययन कहिल्यै पूरा नहुने भन्दै जीवनभर अध्ययनशील हुन विद्यार्थीलाई सुझाए । उनले अध्ययनमा लगनशील भए अवसरले आफैं खाज्ने स्पष्ट पार्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।
कलेजका प्राचार्य केसीले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै एक सफल व्यक्तित्व बन्न सुझाव दिए । साथै उनले आफू जहाँ पुगे पनि, जे गरे पनि कलेजले गौरव गर्ने खालको कार्य गर्न आग्रह गरे ।
उक्त अवसरमा कलेजका बिपिएच संकायका कल्पना ज्ञवाली, बिबिए संकायका प्रमुख सुरज गौडेल र बिसिए संकायका प्रमुख रमेश चालिसेले, मुख्य प्रशासक प्रेमरमण आचार्यका साथै विद्यार्थीहरू दिनेश थापा, जीवन भण्डारी र सगर थापाले बोलेका थिए ।
तपाईको प्रतिक्रिया