छोरेपाटन मावि ४५ वर्षमा

पोखरा ।
पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडाध्यक्ष तीर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्वशिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, विद्यार्थीहरुको तर्फबाट विवेक पौडेल र रेश्मा खातुनले बोलेका थिए ।
प्रधानाध्याक डिल्लीराम शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले वि.सं. २०२१ सालमा तिब्बती बालबालिकाका लागि तासिलिङ स्कुल स्थापना गरिएको र वि.सं. २०३१ सालमा नेपाली समाजले जिम्मा पाएपछि छोरेपाटन मावि भएको बताए ।
२०३७ मा माध्यमिक तह र २०५५ मा मानविकी, शिक्षा र व्यवस्थापन समूहको कक्षा ११ सञ्चालनको अनुमति यसले पाएको थियो । २०६५ सालदेखि विज्ञान विषय पढाई हुँदै आएको छ । प्रधानाध्यापक शर्माले २ हजार १ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा ९३ शिक्षक र २० जना स्थानीय स्रोतका कर्मचारी कार्यरत रहेको जानकारी दिए । सरकारी अनुदान प्राप्त शिक्षक दरबन्दी ३० जना र स्थानीय स्रोत शिक्षक दरबन्दी ६३ जना छ ।
उक्त अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई सिल्ड, प्रमाणपत्र तथा पुुरस्कार प्रदान गरिएको थियो ।
२५ वर्षभन्दा बढी विद्यालयमा सेवारत मनोजकुमार भट्टराई र लीलाप्रसाद पराजुलीलाई दीर्घ सेवा सम्मान, नियमित उपस्थित हुने शिक्षकहरु लेखनाथ बराल, रोहितप्रसाद बराल, भीमबहादुर थापा, फणीन्द्र वाग्ले, कल्पना भट्टराई र ऋषिराम भण्डारी, अतिरिक्त क्रियाकलापमा योगदान गर्ने शिक्षकहरु रोशनप्रसाद श्रेष्ठ, एकनारायण भण्डारी, लीलानाथ आचार्य, भगवती कार्की, युवराज सुवेदी, विष्णुकुमारी राई, खेमकुमारी बराल र ऋषिराम सिग्देललाई सम्मान गरिएको छ ।
यस्तै, राम्रो शैक्षिक वातावरण वनाउन योगदान गर्ने शिक्षकहरु लीलाप्रसाद पराजुली, माधव भट्टराई, नारायण थापा, लक्ष्मण पौडेल, जीवन पौडेल, प्रभा सापकोटा र गायत्री पौडेल, आफ्नो विषयमा सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु रेखा थापा, गिरिधारी पोख्रेल, मनुराज आचार्य, रामप्रसाद सुवेदी, माधव पहारी, प्रेमराज गौतम, सागर बराल, रोहितप्रसाद बराल, पुकार भण्डारी र विजय सुवेदी र प्रशासनिक काममा उत्कृष्ट सहयोग गर्ने कर्मचारी दीपक सुवेदी, अनिश पहारी र सुरेन्द्र सापकोटालाई सम्मान गरिएको थियो ।
विद्यार्थीले विभिन्न विज्ञान तथा प्रविधिको प्रदर्शनी गर्नुका साथै नृत्य, नाटक देखाए । यस वर्ष विद्यालयमा उषा शर्मा आचार्य, सन्ध्या आचार्य, गणेश आचार्य र रंगीला आचार्यद्वारा तिलक मिना स्मृति पुरस्कार, प्रथम प्रधानाध्यापक क्षेत्रबहादुर कुँवरद्वारा डम्बरसिंह सेतु स्मृति पुरस्कार र पूर्व विद्यार्थी विष्णुृ गिरीद्वारा आमाछोरा पुरस्कार स्थापना भएका छन् ।
पुरस्कारको लागि आचार्य परिवारले ३ लाख, क्षेत्रबहादुर कुँवरले १ लाख र विष्णु गिरीले ५० हजारका अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा हालसम्म २७ अक्षयकोष स्थापना भएका छन् । अक्षयकोषको वार्षिक ब्याजबाट गरिब् तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्तिमा अध्ययन गरिरहेको विव्यस अध्यक्ष झपिन्द्रराज रेग्मीले जानकारी थिए ।
समारोहमा विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना अंक २ लोकार्पण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बराल, सहायक प्रधानाध्यापक मेघनाथ पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा लगायतले बोलेका थिए ।
विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जुनियर युवा रेडक्रस सर्कलले आयोजना गरेको खुला रक्तदानमा २३ युनिट रगत संकलन भएको छ ।
तपाईको प्रतिक्रिया