पोखरा विश्वविद्यालय र एनएमबि बैंकबीच सम्झौता

समाधान संवाददाता २०७९ पुष २५ गते १०:५२

पोखरा ।
पोखरा विश्वविद्यालय र एनएमबि बैंक लिमिटेडबीच विश्वविद्यालयको आन्तरिक एवम् बाह्य विविध भुक्तानी अनलाइन विधिबाट गर्न सहज तुल्याउने उद्देश्यसहित समझदारी भएको छ ।

Advertisement

समझदारीपत्र (एमओयु) मा विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी र एनएमबि बैंकको तर्फबाट उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले हस्ताक्षर गरे ।

एमओयु हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, विश्वविद्यालयका विभिन्न पदाधिकारीहरू तथा एनएमबि बैंक लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

उक्त समझदारीपछि बैंकले पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूबाट रकम संकलन वा भुक्तानी गर्नेछ ।

पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूले विश्वविद्यालयको वेबसाइट, मोबाइल बैंकिङ एप्लिकेसन, कर्पोरेट नेट बैकिङ एप्लिकेसन, कर्पोरेट नेट बैकिङ वा एनएमबि बैंकको स्वामित्वमा रहेका अन्य सम्बन्धित एप्लिेकसनहरू मार्फत पोखरा विश्वविद्यालयमा भुक्तानी गर्न सक्षम हुनेछन् ।

Advertisement

पोखरा विश्वविद्यालयले कोष व्यवस्थापनको प्रयोजनका लागि एनएमबि बैंकमा खाता राख्नुपर्नेछ । सम्झौता कार्यान्वयन पश्चात अनलाइन बिल भुक्तानी, तलब पोस्टिङ र बिक्रेता भुक्तानी स्वीकार गर्न, पोखरा विश्वविद्यालयको सरोकारले वेबसाइट वा एप्लिेकेशन, मोबाइल बैंकिङ, कर्पोरेट भुक्तानी, पोखरा विश्वविद्यालयद्वारा मान्यताप्राप्त कर्पोरेट नेट बैंकिङ प्रयोग गर्नुपर्नेछ ।

पोखरा विश्वविद्यालयले एनएमबी बैंकद्वारा समर्थित विभिन्न नेटवर्कहरूमा एकीकृत गर्न एपिआई विवरणहरू खुलाउन वा एकीकृत गर्न बैंकलाई अधिकार प्रदान गर्नेछ । बैंकले डिजिटल भुक्तानी स्वीकार गर्न सहज बनाउने उद्देश्यले बैंकलाई लाग्ने नियमित शुल्क र शुल्क बाहेक अन्य कुनै शुल्क लिने छैन ।

एमओयु समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराम पुरी एवम् बैंकका खुद्रा बैंकिङ प्रमुख रोशन रेग्मीले सम्बोधन गरेका थिए ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया