हिसान फुटसल छनोट भोलिदेखि

समाधान संवाददाता २०७९ माघ ५ गते १०:४९

पोखरा ।
हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनोट प्रतियोगिता शुत्रबारदेखि सुरु हुँदै छ । प्रतियागिताको टाइसिट बुधबार ड्र गरिएको छ । टाइसिट अनुसार बुधबारको उद्घाटन खेल मदरल्यान्ड मावि र बालोदय माविबीच हुनेछ ।

Advertisement

माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा हिसानमा आवद्ध २९ टिमले सहभागिता जनाएका छन् । हिसान गण्डकी सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।

पोखरा ४ गैरापाटनमा रहेको वि–फिट फुटसलमा छनोट प्रतियोगिता हुने व्यवस्थापन गरिरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगलले बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुनेछ ।

सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो । गत वर्ष पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान हासिल गर्ने सफल भएको थियो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । युवामा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकालाई यो अवसर हुने उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया