फ्युचर ब्राइटर र कास्की मोडनाइज फाइनलमा

पोखरा ।
फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बाग्लुङले कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–० गोल हराउँदै फाइनल पुगेको हो ।
फ्युचर बाइटरको जितमा यमबहादुर थापाले २ गोल र विवेक थापाले १ गोल गरे । यमबहादुर थापाले म्यान अफ दि म्याच बने । मंगलबार भएको दोस्रो सेमिफाइलनमा कास्की मोडनाइजले सगरमाथा बि लाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्यो ।
कास्की मोडनाइजको जितमा प्रनिल रायमाझीले ह्याट्रिक गरे । उनले प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए । सगरमाथाका लागि सागर गुरुङ र समिप क्षेत्रीले समान १ गोल गरे ।
हिसान गण्डकीको आयोजना तथा प्रतियोगिताको व्यवस्थापन सबिन ममोरियल क्लब पोखराले गरेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए ।
तपाईको प्रतिक्रिया