चित्रकार फेन्जोको जापानमा एकल चित्रकला प्रर्दशनी (फोटो फिचर)

जोमसोम–जापानमा मुस्ताङी एक युवाले एकल चित्रकला प्रर्दशनी गरेका छन् ।उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसेर निवासी चित्रकार छिरिङ फेन्जो गुरुङले मार्च १८ तारिखमा जापानको तोयोकावा सहरमा चौथो एकल चित्रकला प्रर्दशनी गरेका हुन् ।
ईन्टनेशनल वाटर कलर सोसाईटी अफ नेपालका अध्यक्ष एनबि गुरुङको पहलमा मुस्ताङी युवा चित्रकार छिरिङ फेन्जो गुरुङ एकल चित्रकला प्रर्दशनी गर्न जापान पुगेका थिए । जापान स्थित उपल्लो मुस्ताङीहरुको सामाजिक संस्था मुक्ति समाज समिति जापानको वार्षिकउत्सव समारोहमा चित्रकार फेन्जोको चौथो एकल चित्रकला प्रर्दशनी आयोजना गरिएको थियो । चित्रकार छिरिङ फेन्जोले जापानको तोयाकावा सहरमा चौथौ एकल चित्रकला प्रर्दशन सम्पन्न गरी बुधबार नेपाल फर्किएका छन् ।

मुस्ताङको जिवन्त धार्मिक, मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म पू¥याउन ईन्टनेशनल वाटर कलर सासाईटी अफ नेपाल नामक संस्थाले चित्रकार फेन्जोलाई जापानमा आमन्त्रण गरेको थियो । चित्रकार गुरुङले त्यहा आफुले सृजना गरेका धार्मिक,कलासंस्कृति र मौलिकतालाई चित्रकारिताका माध्यमबाट त्यहाँ प्रस्तुत गरे ।उनी त्यहाँ आफ्नै खर्चमा गएका थिए । चित्रकला प्रर्दशनीमा मुक्ति समाजका जापानका अध्यक्ष नाक्टी गुरुङ,सोनाम ढुके र नोचुङ लगायतका एक दर्जन पदाधिकारी उपस्थित थिए ।
उपल्लो मुस्ताङका रोल मोडल युवा छिरिङ फेन्जो गुरुङको चौथो एकल चित्रकला प्रर्दशनको गैर आवासीय नेपाली संघ (जापान)का अध्यक्ष दिपक केशीले उद्घाटन गरेका थिए । उनले मुस्ताङको ऐतिहाँसिक,धार्मिक,मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म उजागर गरिनु सह्रानीय पक्ष भएको बताए । चौथो एकल चित्रकला प्रर्दशनीमा चित्रकार फेन्जोले दुरदराजको हिमाली जिल्लाको कलासंस्कृतिलाई जापानमा आएर पस्कन पाउँदा आफु ज्यादै गौरान्वित भएको उल्लेख गरे ।उनले यसप्रकारको अवसर अन्य देशहरुमा पाउँने विश्वाश व्यक्त गरे ।
चित्रकला प्रर्दशनीका लागि जापान पुगेका मुस्ताङी युवा गुरुङको चित्रकारिता अवलोकन गर्न पाउँदा जापानीज नागरिकहरु पनि उत्साहित र खुसी भएका छन् ।सोही क्रममा चित्रकार गुरुङले जापान स्थित नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र डेपुटी चिफ अफ मिसन काउन्सिलीयर अमविक जोशीलाई टोकियोमा साक्षात्कार गरे । जापान स्थित नेपाली राजदुत डा.सुवेदीले उपल्लो मुस्ताङी रोल मोडल युवा चित्रकार गुरुङलाई सम्मान गरे । राजदुत सुवेदीले फेरी पनि यो खालको कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जनाए ।

चित्रकार गुरुङले यसअघि गृह जिल्ला मुस्ताङसहित नेपालमा ३ वटा एकल चित्रकला प्रर्दशन सम्पन्न गरिसकेका छन् ।उनले ३ वर्षअघि गण्डकी प्रदेश स्तरीय एकल चित्रकला प्रर्दशनी पोखरामा आयोजना गरेका थिए ।
आफ्नो जन्मथलो मुस्ताङको कलासस्कृतप्रति अगाध माया गर्ने चित्रकार गुरुङ संस्कृति संरक्षणमा युवाहरुको महत्वपूर्ण दायित्व रहने बताउँछन् । उनले आफुले तयार गरेका सृजना देश÷विदेशमा पू¥याउने दृढ लक्ष्य रहेको बताए ।‘यो मेरो विदेशमा गरिएको पहिलो एकल चित्रकला प्रर्दशनी हो, उनले भने,‘ यसरी नै अवसरमा पाएमा अन्य देशमा पनि एकल चित्रकला प्रर्दशनी गर्दै जाने योजना छ ।’
चित्रकार गुरुङ १६ वर्षको उमेर देखि नै चित्रकारितामा समर्पित छन् । चित्रकारिता र भित्ते लेखनको अभ्यास उनले गाउँमै सुरु गरेका थिए । तिब्बती कलासंस्कृतिको प्रभाव रहेको मुस्ताङमा उनले गुम्बा,छोर्तेन,माने,मठमन्दिर र जैविकलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट दृष्यमा उतार्न पोख्त छन् । उनी थान्का पेन्टिङमा पनि उत्तिकै दखल छन् ।बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’ ।तिब्बती शब्दमा थान्काको शाब्दिक अर्थ हो अभिलेखिकरण गरिएको शब्द भन्ने बुझिन्छ । गुम्बाहरुमा यो अभिलेखिकरण गरिएको थान्का झुन्ड्याएर सजाउँने गरिन्छ ।
उनले मुस्ताङमा जिवन्त रहेका धार्मिक तथा मौलिक संस्कृति सम्पदाहरुको अभिलेख चित्रित थान्का,सास्कृतिक आर्ट र बौद्ध धर्म संस्कृति झल्किने भित्ते लेखनमा उनको चित्रकारिता केन्द्रित छ । उनको चित्रकारिता अवलोकन गर्नेले समग्र मुस्ताङको परिचय त्यहीबाट पाउँन सक्छन् । बदलिदो आधुनिकता र विदेश पलायन हुँने होटबाजीले मौलिकता विधामा रुचि राख्ने स्रष्टा हराउँदै जाने होकी भन्नेमा उनी चिन्तित छन् ।
चित्रकार गुरुङले कलिलै उमेरमा गाउँमै थान्का,चित्रकारिता र भित्ते लेखन जानिसकेका थिए ।उनले चिकात्सेकाम थान्का पेन्टर तेन्जिङ निङगोको काठमान्डौंको तेन्जिङ ईमे थान्का स्कुलबाट भर्ना भई एडभान्स चित्रकारिता शिक्षा लिएका थिए ।

अभुतपूर्व रुचि र दृढ ईच्छ्याशक्ति भएका चित्रकार गुरुङ चित्रकारित विधामा सतहीमा डुबुल्की मार्न चाहन्थे । दृष्य हेरेर आर्कषक चित्र कोर्ने,प्राकृतिक सुन्दरता नियालेर जस्ताको त्यस्तै हुबहु लैण्ड स्केप पेन्टिङ गर्न उनी खप्पिस छन् । उनले यो खालको तालिम काठमान्डौ बौद्ध स्थित पुस्प आले र रुपक राईबाट ३ वषाीय तालिम लिएका थिए । गुरुङले पुन्चोक टसी छोलिङ गुम्बामा भित्ते चित्रकारिता सिकेका थिए । उनको चित्रकारितामा समर्पित भएर काम गरेको २५ वर्ष पुरा भईसकेको छ ।

चित्रकार गुरुङले गुम्बा,मठमन्दिर र देवीदेवताहरुको मूर्ति सजावट र पेन्टिङ भर्न सिपालु छन् । उनले ईनडोर र आउटडोर,थान्का पेन्टिङ र फर्निचर लगायतका सामानमा आर्कषक बुट्टा भर्न सक्छन् । चित्रकार गुरुङले तयार गरेको चित्रकारितालाई मुस्ताङ आउँने विदेशी पर्यटकले औधि रुचाउछन् । उनले प्रतिचित्र ३० हजार देखि ७० हजार सम्ममा पर्यटकलाई बिक्री गर्ने गरेको बताउँछन् । उनले आफुले सृजना गरेको चित्रकारिता सामाग्री देश÷विदेशमा पस्कन पाउँदा खुसी हुँने गरेको बताउँछन् । उनले चित्रकारिताको माध्यमबाट मुस्ताङको मौलिकतालाई देश÷विदेशमा पू¥याउन पाउँदा हर्षित हुँने गरेको चित्रकारिताकै माध्यमबाट कलासाहित्य र संस्कृतिको संरक्षण हुँने बताए ।
तपाईको प्रतिक्रिया