५६ युनिट रगत संकलन

पोखरा ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २३ औं वार्षिकोत्सवको सन्दर्भमा न्युरोडमा रहेको गण्डकी प्रादेशिक कार्यालयमा खुला रक्तदान आयोजना गरिएको छ ।
कार्यक्रममा ५६ युनिट रगत संकलन भएको कम्पनीका गण्डकी प्रदेश प्रमुख अनन्त अधिकारीले जानकारी दिए । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश निमित्त प्रदेश प्रमुख सुन्दरप्रसाद शर्माले पहिलो रक्तदाता नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख अनन्त अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, निप्स पोखरा च्यापटरका अध्यक्ष दीपकराज तिवारी, महासचिव बद्रीनाथ पौडेल, आकस्मिक रक्तदान संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख विष्णुबहादुर अधिकारी, नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका शाखा प्रमुख उपेन्द्र तिमिल्सिना, अभिकर्ता संघ पोखरा शाखा अध्यक्ष तारादेवी बराल र नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका वरिष्ठ एजेन्सी म्यानेजर दामोदर सापकोटाले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
कम्पनीका गण्डकी प्रदेश प्रमुख अधिकारीले रक्तदाता, बैंकर्स, अभिकर्ता, बिमित, सरोकारवाला, शुभचिन्तक, कर्मचारी, रक्तसञ्चार केन्द्रका कर्मचारीप्रति आभार प्रकट गरे ।
तपाईको प्रतिक्रिया