दोस्रो र तेस्रो चरणको छात्रवृत्ति छनोट परीक्षा

पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८० का लागि शुक्रबार र शनिबार छनोट परीक्षा सञ्चालन गरेको छ । चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका विद्यार्थीका लागि छात्रवृत्ति छनोट परीक्षा लिइएको हो ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा छात्रवृत्ति छनोट समिति संयोजक तथा प्रथम उपाध्यक्ष श्रीजंग तमु, सचिव कञ्चन तमु, सहकोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको समूहले शुक्रबार चितवनमा परीक्षा सञ्चालन गरेको हो । चितवनका सार्वजनिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत २३ तमु विद्यार्थी दोस्रो चरणको छात्रवृत्ति छनोट परीक्षामा सहभागी थिए ।
तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनको समन्वय र व्यवस्थापनमा परीक्षा भएको हो । नवलपुर, नवलपरासी र रुपन्देहीका विभिन्न सार्वजनिक विद्यालयमा अध्ययनरत तमु विद्यार्थीलाई नवलपरासीको सुनवल नगरपालिका ५ वनकट्टीमा शुक्रबार तेस्रो चरणको छात्रवृत्ति छनोट परीक्षा भएको छ । २२ जना सहभागी रहेको यस परीक्षाका लागि समन्वय र व्यवस्थापन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति नवलपरासीले गरेको हो ।
लिखित तथा मौखिक परीक्षापछि उत्कृष्टताको आधारमा विद्यार्थी छनोट गरिने समिति अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।
कार्यक्रमका लागि चितवनमा तमु प्ये ल्हु संघ जिल्ला समिती सल्लाहकार तुलराम तमु, अध्यक्ष लालप्रसाद तमु, सचिव नारायण तमु लगायतल र नवपुर, नवलपरासी र रुपन्देहीमा खेमा लिपीका प्रवर्दक भीम तमु, ह्युलाका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका नवलपरासी संयोजक पुरन तमु र सञ्चारकर्मी कुमार तमुले समन्वय गरेका थिए ।
पोखराबाट यस परीक्षाको लागि गएको प्रतिष्ठानको समूहलाई नवलपरासी मा ङी समितिले स्वागत गरेको थियो ।
तपाईको प्रतिक्रिया