हिल प्वाइन्ट माविमा विविध कार्यक्रम

पोखरा ।
पोखरा १२ माटेपानीमा अवस्थित हिल प्वाइन्ट माविले विश्व वातावरण दिवसको अवसर पारेर आफ्ना विद्यार्थीलाई सामाजिक, पारिवारिक, शैक्षिक जीवनमा प्रभाव पर्ने गरी संस्कारमूलक कार्यक्रम गरेको छ ।
यस्तै, कक्षा १० का विद्यार्थीले सुव्रत सिग्देल र गायत्री थापाको नेतृत्वमा आफ्नो खाजा खर्च बचत गरी संकलन गरिएको रकम वृद्धाश्रममा सहयोग गरेका छन् । विद्यार्थीको बचतमा विद्यालय एवं शिक्षकको समेत योगदान थपेर पोखरा ३२ लामेआहाल स्थित राधाकृष्ण वृद्धाश्रममा ६५ ज्येष्ठ नागरिकलाई खाद्यपदार्थ वितरण गरिएको छ ।
मंगलबार दिनभरजसो नृत्य प्रदर्शन, भलाकुसारी, अनुभव आदानप्रदान जस्ता कार्यक्रम भएका छन् । कार्यक्रममा आश्रमका अध्यक्ष प्रेम लिगल, प्राचार्य दिवाकर जैसी, विद्यार्थीद्वय किरण कार्की र सुक्रिया गुरुङ, शिक्षक कपिल अधिकारी र रामकुमार थापाले बोलेका थिए ।
कक्षा ९ सम्मका विद्यार्थील जनचेतनामूलक र्याली, वडा कार्यालयसम्मको सरसफाइ, विद्यालय परिसरमा वृक्षारोपण, वातावरणसम्बन्धी चित्रकला प्रतियोगिता आदिमा संलग्न भए ।
तपाईको प्रतिक्रिया