त्रिवेणी पब्लिक स्कुललाई बुद्धिचाल उपाधि

समाधान संवाददाता २०८० जेठ २८ गते १२:१६

पोखरा ।
एनप्याब्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा छात्रछात्रा दुवैतर्फको उपाधि त्रिवेणी पब्लिक स्कुलले हात पारेको छ ।

Advertisement


एनप्याब्सान कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रातर्फ भएको उक्त प्रतियोगितामा छात्रतर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्वितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरुड्ड तृतीय र इमानुयल स्कुलका परुश तामाड्ड सान्त्वना बने ।


छात्रातर्फ पनि त्रिवेणी पब्लिककै चाहाना राई प्रथम, एलपी देवकोटा मेमरियल स्कुलकी मेनुका अधिकारी द्वितीय, रत्नज्योति माविकी श्यामसुधा पराजुली तृतीय र सिद्धार्थ लवडेल बोर्डिङ स्कुलकी दावा डोल्मा सान्त्वना बने ।


विजयी विद्यार्थी तथा विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, प्रमुखबाट निवृत्त भएका नारायण सुवेदी र एनप्याब्सान कास्की अध्यक्ष हेमन्त अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।


उत्कृष्ट १० भित्र पर्ने विद्यालयका विद्यर्थीलाई पनि मेडल प्रदान गरिएको छ । छात्रातर्फ गोर्खा बोर्डिङ स्कुल, अञ्जुली आवासीय विद्यालयल, सिद्धिविनायक बोर्डिङ स्कुल, ज्ञानज्योति विद्याकुञ्ज मावि, डायमन्ड मोडेल स्कुल, कास्की मोडनाइज्ड एकेडेमी छन् भने छात्रतर्फ मर्निङग्लोरी एकेडेमी स्कुल, लिटिल फ्लावर एजुकेसन एकेडेमी, सिद्धिविनायक बोर्डिङ स्कुल, अक्सफोर्ड स्कुल, कान्तिपुर एकेडेमी, साइनिड्ड स्टार बोर्डिङ स्कुल उत्कृष्ट १० मा परेका छन् ।

Advertisement


प्रतियोगितामा छात्रतर्फ ३८ जना र छात्रा तर्फ ३२ जना सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।

निर्णायकमा नेसनल चिफ अरविटर मनेश्वर अधिकारी, नेसनल अरिवटर शुक्र कुमार प्रधान, नेसनल अरविटर सागर साई र अरविटर युवराज भण्डारी थिए ।


कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक शर्माले बुद्धिचाल प्रतियोगिताले विद्यार्थीको सोच्न सक्ने क्षमताको विकास गर्ने बताए । उनले प्रतियोगिताले विद्यार्थीको बौद्धिकता निखार ल्याउँदै अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।


उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई स्वागत र इकाइबाट निवृत्त भएका पूर्व प्रमुख नारायण सुवेदीलाई बिदाइ गरियो । प्रमुख आचार्यले कास्कीका निजी विद्यालयहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।


निवृत्त प्रमुख सुवेदीले आफूले लामो समय कास्की जिल्लामा रहेर काम गरेको बताउँदै आगामी दिनमा पनि यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सहयोगी बन्ने जनाए ।


कार्यक्रममा एनप्याब्सान कास्की सचिव मनकाजी गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया