३१ र ३२ गते विज्ञान प्रविधि महोत्सव

समाधान संवाददाता २०८० जेठ २९ गते १५:०८

पोखरा ।
पोखराको प्रदर्शनी केन्द्रमा जेठ ३१ र ३२ गते विज्ञान प्रविधि महोत्सव हुँदै छ । हिमालयन साइन्स फाउन्डेसन र विज्ञान शिक्षक समाजको सहआयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सव हुन लागेको हो ।

Advertisement


विद्यालयदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हिमालय साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए । महोत्सवको सकिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्थीलाई मानव जीवनका विभिन्न समस्यालाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भनी महोत्सवमा प्रस्तुति राख्ने छन् ।


यसअघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सव भएको थियो । २०७६ बाट महोत्सव आयोजना गरिए पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । आतंक भन्छन्, ‘विज्ञानका विषयमा हाम्रो शैक्षिक प्रणाली नै फितलो छ ।

विद्यालयदेखि नै विज्ञानमा हामीले प्रयोगात्मकलाई विशेष जोड दिनुपर्ने तर घोकन्ते विद्यामा नै हाम्रो साइन्स अड्किएको छ ।’ कार्यक्रमलाई सफल पार्न विभिन्न संघ, संस्थाले सहयोग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया