कास्की मोडनाईज्ड एकेडेमीमा चित्रकला प्रतियोगिता

पोखरा ।
पोखरा १४ मा रहेको कास्की मोडनाईज्ड एकेडेमीले २५ औं रजत जयन्ती कार्यकम अन्तर्गत पहिलो कार्यक्रमका रुपमा जिल्ला स्तरीय अन्तर विद्यालय सिनियर र जुनियर चित्रकला प्रतियोगिता गरेको छ ।
कार्यकममा जुनियरतर्फ क्रमशः प्रथम कुमुदिनी होम्सका अविनास पालिखे, द्वितीय मदरल्यान्ड माविकी अक्षता दाहाल, तृतीय सितलादेवी सामुदायक माविकी चादनीकुमारी शाह र सान्त्वना सोसल पब्लिक स्कुलका सोरभ लौगुन भए । सिनियरतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः शिशु निकेतन विद्यालयका छात्र पूर्णकुमार गुरुङ, कुमुदिनीकी सदीक्षा राना, मदरल्यान्डका रिजेन बराल र कालिका माविकी सुहाना राना भए ।
कास्की मोर्डनाईज्डका विद्यार्थी भने अप्रतियोगीका रुपमा सहभागी थिए । उनीहरुमध्ये उत्कृष्ट एक÷एक जनालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कृत विद्यार्थीलाई नगद, ट्रफी र प्रमाण पत्र विद्यालयको रजत जयन्ती समापन समारोहमा वितरण गरिने शिवु ढकालले बताए ।
कास्की मोडनाईज्डमा संस्थापक प्राचार्य रामबहादुर मोचीले चित्रकलाको वास्तविक व्याख्या गर्न शब्दमा नसकिने जनाए । उनले विश्व परिवेशमा नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्दै कला र क्षमता देखाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले कास्की मोडनाईज्ड कास्कीको मात्र नभै देशकै नमुना विद्यालय भएको बताए । विद्यालयका सहायक प्राचार्य शिवलाल उपाध्यायाले हरेक कार्यक्रम विद्यार्थीले आफ्नो क्षमता देखाउने थलो भएको उल्लेख गरे ।
कार्यकममा निर्णायकबाट यादवचन्द्र भुर्तेल र विद्यार्थी एलिन महतले पनि बोलेका थिए । चित्रकला प्रतियोगितामा ४३ विद्यालयका विद्यार्थी सहभागी थिए । निर्णायकको भूमिकामा यादवचन्द्र भूर्तेल, हरिराम जोजीजु र झपेन्द्र गुरुङ थिए । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया