गण्डकी बहुप्राविधिकमा निशुल्क कम्प्युटर तालिम

पोखरा ।
एसइई परीक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्ष्य गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले सञ्चालन गरेको निशुल्क कम्प्युटर तालिम सकिएको छ । शिक्षालयले बिहीबार आयोजित तालिम समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
३ समूहलमा ६० जनाले तालिम लिएका थिए । एसइई दिएर बसेका बिद्यार्थीको फुर्सदको समय उत्पादनमूलक बनाउने उद्देश्यले शिक्षालयमा यसै वर्षदेखि कम्प्युटर तालिम सञ्चालन गरिएको हो । शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले सिटिइभिटीको पाठ्यक्रम अन्तर्गत ३ सय ९० घण्टाको छोटो अवधिको तालिमका रुपमा यो कार्यक्रम चलाइएको हो ।
तलिम गत वैशाख २४ गतेदेखि दैनिक रुपमा तालिम चलेको थियो । तालिमका लागि डेढ सय जनाले आवेदन दिएका थिए ।
सिटिइभिटी तालिम योग्यता मापदण्ड पूरा गरेका ६० जना तालिममा सहभागी थिए ।
समापन कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले कम्प्युटर तालिम प्राविधिक शिक्षाको मुल आधार पनि भएकाले यस्तो शिक्षाले विद्यार्थीको आगामी शैक्षिक यात्रा सहज बनाउन सघाउने जनाए । शिक्षालयका निर्देशक तिमिल्सनाले निश्चित लक्ष्य निर्धारण गरी आगामी दिनमा उपयुक्त शैक्षिक विषय रोज्न र करियर निर्माण गर्ने गरी अघि बढ्न विद्यार्थीलाई सुझाव दिए ।
तालिममा इन्जिनियर कृष्णप्रसाद धिताल र पत्रिकार स्मीता अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक धितालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालय शैंक्षिक प्रमुख सरोेज अधिकारी, शिक्षालयका शिक्षक इन्जिनियर सुमनचन्द्र सुवेदी लगायतले बोलेका थिए ।
व्यवहारिक शिक्षा र रोजगारमुखि सीप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालय चलाएको हो । बिभिन्न प्राविधिक विषय अध्यापनसँगै सिइिभिटीको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधिका तालिम शिक्षालय चलाउने गरेको छ ।
तपाईको प्रतिक्रिया