अल्फा एकेडेमीमा अंग्रेजी वादविवाद प्रतियोगिता

समाधान संवाददाता २०८० असार ११ गते ११:४७

पोखरा ।
पोखरा–२६, कालिका चोकमा अवस्थित अल्फा एकेडेमीमा अंग्रेजी वादविवाद प्रतियोगिता भएको छ । कक्षा पाँचदेखि कक्षा १० सम्मका विद्यार्थीलाई दुई समूहमा विभाजन गरी सो प्रतियोगिता भएको थियो ।

Advertisement


कक्षा पाँच, छ र सात सम्मिलित आधारभूत तहको प्रतियोगितामा कक्षा सातकी छात्रा प्रिसी त्रिपाठी प्रथम, कक्षा सातकै अदिति पौडेल द्वितीय र कक्षा छ का अर्पण भण्डारी र कक्षा पाँचका एलेक्स परियार तृतीय स्थान ओगट्न सफल भएका थिए ।


कक्षा आठदेखि कक्षा दससम्मको माध्यमिक तहमा कक्षा आठकी छात्रा प्रशंसा शर्माले प्रथम भएकी छन् । कक्षा १०की छात्रा प्रियंका पतानी र छात्र निशान केसी क्रमशः द्वितीय र तृतीय हुन सफल भएको निर्णायक समितिका सदस्य राजु सुनारले जानकारी दिए ।


आधारभूत तहका लागि वादविवादको शीर्षक ‘तयारी खानाभन्दा घरमा बनेको खाना ठिक’ भन्ने थियो भने माध्यमिक तहका लागि ‘विद्यालय तहका विद्यार्थीलाई मोबाइल फोनमा प्रतिबन्ध लगाउनुपर्छ’ भन्ने शीर्षक चयन गरिएको थियो ।


आधारभूत तहमा २८ जना विद्यार्थीले भाग लिएका थिए । माध्यमिक तहमा ३० जना सहभागी थिए । प्रतियोगितामा विद्यालयका शिक्षकत्रय सञ्जीव पौडेल, सुखम गुरुङ र राजु सुनारले निर्णायकको भूमिका निर्वाह गरेका थिए । वादविवाद कार्यक्रम संयोजक शिक्षिका शकुन्तला लम्सालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन स्कुल कप्तान प्रियंका पतानीले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया