माउन्ट अन्नपूर्ण माविमा विद्यार्थीलाई स्वागत

पोखरा ।
माउन्ट अन्नपूर्ण मावि नदीपुर पोखरा–३ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाईस्वागत कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्डका भूतपूर्व सदस्य तथा पर्यटन व्यवसायी वासु त्रिपाठीले पर्यटन व्यवसायको यो स्थानसम्म आइपुग्न आफूले गरेका संघर्ष र झेलेका चुनौतीका विषयमा केही अनुभवहरू राखे ।
विद्यालय संस्थापक एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यार्थीहरूले किताबी कोरा ज्ञानबाट माथि उठेर आफूमा अन्तर्निहित क्षमताको विकासमा जोड दिन आग्रह गरे । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीहरुलाई स्वागत गर्दै माउन्ट अन्नपूर्ण एक उत्कृष्ट शैक्षिक संस्था भएकाले आफ्नो छनोटमा विद्यार्थीले गर्व गर्नुपर्ने धारणा राखे ।
माउन्ट अन्नपूर्ण माविका होटल म्यानेजमेन्ट संकाय प्रमुख विकास गुरुङले विभिन्न उदाहरण सहित होटल म्यानेजमेन्टमा अनगन्ति अवसरहरू भएको जानकारी दिए । कक्षा १२ का विद्यार्थीद्वारा आयोजित विविध मनोरञ्जनात्मक तथा साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरजप्रकाश प्रधानांगले नवआगन्तुक विद्यार्थीहरुले आजको प्रतिस्पर्धात्मक युगमा आफ्नो भविष्य उज्ज्वल बनाउन कडा मिहिनेत गर्नुपर्ने विचार राखे । कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय समीक्षा सिपाली र सुजन आचार्यले गरेका थिए । कार्यक्रम पोखरा लेकसाइडमा अवस्थित होटल पौवामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया