पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाइ

पोखरा ।
पोखरा ८ फिर्केमा अवस्थित पोखरा इन्जिनियरिङ कलेजमा ४ वर्षे बिई सिभिल र बिई कम्प्युटरका साथै ५ वर्षे बि आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाइ गरिएको छ ।
कलेजका नवनियुक्त प्रिन्सिपल इन्जिनियर सोम गुरुङको प्रमुख आतिथ्यता र स्वतन्त्र विद्यार्थी परिषदका सभापति विराट सिग्देलको सभापतित्वमा सम्पन्न विदाइ कार्यक्रममा विद्यार्थीहरुको उज्जवल भविष्यको लागि शुभकामना दिनुका साथै अबका दिन अझ जटिल, जिम्मेवारीपूर्ण र अवसरका ढोकाहरु पनि खुल्दै जाने छ भनी प्रिन्सिपल इन्जिनियर सोम गुरुङ, कम्प्युटरका विभागीय प्रमुख इन्जिनियर सुरज वसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक इन्जिनियर प्रवीण श्रेष्ठ र प्रशासन प्रमुख चिजकाजी गुरुङले मार्गनिर्देशनात्मक भनाइहरु राखेका थिए ।
कार्यक्रममा आर्किटेक्चर अन्तिम सेमेस्टरका विद्यार्थी आशीष पाण्डेले स्वागत मन्तव्य दिएका थिए । विदाइ मन्तव्य सिभिल छैटौं सेमेस्टरकी छात्रा अग्रता शर्माले दिएकी थिइन् । विद्यार्थीहरु सुभाष अचार्य, प्रभात रेग्मी, पवन लम्साल, सरोज पौडेलले, कृति न्यौपाने, उषा किरण भण्डारीले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति विराट सिक्देलले विद्यार्थीहरुमा अनुशानका साथै रहने कलेज अध्ययनका लागि वातावरण सिर्जना गर्नमा परिषद सधै कलेज प्रशासनसँग साथमा रहने बताए । कार्यक्रममा विभिन्न सेमेस्टरका टपर विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै गत सेमेस्टरमा ४÷४ एस जिपिए ल्याउन सफल ९ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कलेजले यस वर्ष १७ औं ब्याचका विद्यार्थीहरुलाई विदाइ गरिरहँदा हालसम्म १२ सयभन्दा बढी इन्जिनियर र पहिलो पाँच वर्षे आर्किटेक्चर ब्याच उत्पादन गरेको छ । विदाइ हुन लगेका विद्यार्थीहरुलाई कलेजले विजयी टीका, खादा र मायाको चिनो प्रदान गएको थियो ।
तपाईको प्रतिक्रिया