कालिका माविमा नागरिक उड्डयन सचेतना कार्यक्रम

पोखरा ।
पोखरा १० रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा नागरिक उड्डयन सम्बन्धि सचेतना तालिम भएको छ । युनाइटेड कम्युनिटी नेपालको आयोजना र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयनमा सचेतना कार्यक्रम भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा पूर्व उप महानिर्देशक देवेन्द्र केसीले हवाई क्षेत्रमा काम गर्न सहज हुने ध्यान दिनुपर्ने कुरा बताएका थिए, साथै हवाई क्षेत्रमा हुने दुर्घटना बाट बच्न सकिने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।
निर्देशक केसीले सिद्ध माविमा कार्यक्रम गरिसकेको बताउँदै देशभरका विद्यालयका सञ्चालन गरिने योजना रहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिपक थापा, सह प्रध्यापक बासुदेव अधिकारी, अभिभावक संघका अध्यक्ष लक्ष्मण केसी, कार्यक्रम संयोजक विष्णु मल्ल, कम्युनिटीका कार्यकारी निर्देशक विनोद न्याैपाने लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया