पोखरा आदर्श स्कुलमा शान्ति शिक्षा कार्यशाला

समाधान संवाददाता २०८० साउन ३२ गते १३:४९

पोखरा ।
पोखरा आदर्श सेकेन्डरी स्कुल पोखरा १ बगरले शान्ति शिक्षा विषयक कार्यशाला गरेको छ । विद्यालयका सस्थापक तथा प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यशालामा शान्ति शिक्षा नेपालका सहजकर्ता तथा विज्ञ मिस हाइजु पार्कले शान्त वातावरणमा पठनपाठनको व्यवस्था हुन सके विद्यालयको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने बताइन् ।

Advertisement


शान्ति शिक्षा नेपालका संयोजक इशान श्रेष्ठले शान्त वातावरणमा विद्यार्थीले कुनै नयाँ खोजमूलक एवं अनुसन्धानात्मक सिकाइ हासिल गर्न सक्ने उल्लेख गरे । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य अधिकारीले शान्ति शिक्षाको प्रवद्र्धनमा विद्यालयले ध्यान दिएको बताए । कार्यक्रममा विद्यालयमा अध्यापन सबै शिक्षकलाई लक्षित गरी कार्यशाला गरिएको हो ।

तपाईको प्रतिक्रिया