न्यु लाइट स्कुलमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८० भदौ ११ गते १३:१३

लेखनाथ ।

Advertisement

पोखरा ३० स्थित न्यु लाइट बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजनामा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई शनिबार स्वागत गरिएको हो ।


विद्यालय निर्देशक नवीनकुमार देवानले विद्यालयमा युवामैत्री बातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको जनाए । प्रिन्सिपल बुद्धिप्रसाद बास्तोलाले विद्यालयले शिक्षाको ज्योति फैलाउँदै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरेको दाबी गरे ।


लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विद्यार्थीले आफ्नो कर्तव्यलाई कहिल्यै पनि बिर्सन नहुनेमा जोड दिए । कक्षा १२ का विद्यार्थी रोजिन कतिलाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थी प्रिता गुरुङ, एकता सुवेदी र विद्याराज पौडेलले बोलेका थिए । कार्यक्रम संयोजन शैक्षिक प्रशासन प्रमुख अरुणचन्द्र सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया