वादी सरोकार मञ्चलाई ग्लोबल स्कुलको एक लाख सहयोग

पोखरा ।
पोखरा रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले वादी सरोकार मञ्चलाई सहयोग गरेको छ । वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आवाज उठाउँदै आएका मञ्चका अभियन्ता हिक्मत वादीलाई एक लाख प्रदान गरेको हो ।
सानैदेखि संर्घर्ष गरेर हुर्किएका अभियन्ता वादीले समुदायका सयौँ गरिव तथा असहाय वादी बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन् । भोजन, आवास र शिक्षासहितको होस्टलको नियमित खर्च धान्न समस्या परेको हेर्ने कथा मार्फत थाहा पाएर सहयोग गरिएको विद्यालयका प्राचार्य बाबुराम पन्त र र निर्देशक नन्दलाल त्रिपाठीले बताए । प्रतिवर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने उनीहरुले घोषणा पनि गरे ।
राम्रो काम गर्दा जस्तै परिस्थिति आए पनि हार खान नहुने वादीको भनाइ छ । अल्पसंख्यकक वादी समुदायको इतिहास, उनीहरुको दयनीय सामाजिक तथा आर्थिक अवस्था तथा अभियानमा निरन्तर लागिरहने उनले प्रतिवद्ध गर्दै विद्यालयलाई सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
विद्यार्थीमा सहयोग एवम् सकारात्मक भावना विकास गरी कम अवसर पाएका व्यक्तिलाई विशुद्धरुपमा सहयोग पुर्याउन विद्यालयले कहिले बाढीप्रभावित क्षेत्रमै पुगेर त कहिले विभिन्न च्यारिटीमार्फत सहयोग पुर्याउँदै आइरहेको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म २ हजार भन्दा बढी अध्ययनरत छन् ।
तपाईको प्रतिक्रिया