इन्फोम्याटिक्स कलेजमा फुटुरामा
समाधान संवाददाता
२०८० भदौ २१ गते ११:०८
पोखरा ।
इन्फोम्याटिक्स कलेज पोखराले प्रविधि सम्बन्धी २ दिने कार्यशाला गरेको छ । ‘फुटुरामा’ नाम दिइएको कार्यक्रम सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताका अगुवाहरु लक्ष्य गरी आयोजना गरिएको थियो ।
‘फुटुरामा कल्पनाको एउटा यस्तो परिसर थियो, जहाँ सहभागीहरुमा नवीनता र सशक्तीकरण पैदा गर्यो,’ कलेजले भनेको छ, ‘सूचना प्रविधिका अगुवाहरु अर्को पुस्तालाई प्रेरित गर्न कार्यक्रम सफल भयो ।’
सहभागीहरूबीच अन्तक्र्रियात्मक शैलीमा सञ्चालित कार्यक्रममा एआई र रोबोटिक्स, आपतकालीन सूचना प्रणाली, रोबोटिक्स जस्ता प्रदर्शनी गरिएको थियो । सहभागी रामनाथ घिमिरेले आफू अहिलेसम्म यस्तो चामत्कारिक कार्यक्रममा सहभागी नभएको भन्दै जीवनकै नौलो र उत्साहप्रद कार्यक्रम पाएको सुनाए । प्रदर्शनीका सिलसिलामा विद्यालय र कलेजहरुबाट गरी ७ हजारभन्दा बढी सहभागी आएको आयोजक संस्थाले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया