गोल्डेन नेचर स्कुलमा अंग्रेजी कथावाचन

समाधान संवाददाता २०८० असोज २२ गते १२:४१

पोखरा ।
पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुंगेपाटन अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेन्डरमा उल्लेख भए बमोजिम कक्षा ४ देखि ६ सम्मका विद्यार्थीका लागि अंग्रेजी कथावाचन प्रतियोगिता भएको छ ।

Advertisement


विद्यार्थीहरूमा रहेको प्रतिभा प्रष्फुटन गर्ने साथै मनोरञ्जन दिलाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा अनुसुया लामिछानेले प्रथम स्थान प्राप्त गर्न भइन् भने नान्सी गुरूङले द्वितीय स्थान, जस्मिन परियारले तृतीय स्थान र शिसिष पाण्डे र अञ्जीला बरालले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षिकाहरू शान्ता तिवारी ढकाल र सीमा खत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया