दुना, टपरी बनाउँदै बालबालिका

समाधान संवाददाता २०८० मंसिर १० गते १०:४५

पोखरा ।

Advertisement

पोखरा ५ पस्र्याङमा अवस्थित शान्ति निकेतन स्कुलले जीवनोपयोगी सीप तथा व्यवहारिक शिक्षा स्वरुप नेपालीको मांगलिक अनुष्ठानमा सबैभन्दा बढी प्रयोग गरिने दुना, टपरी बनाउने प्रतियोगिता शुक्रबार भएको छ ।


प्रतियोगितामा कक्षा १० की सृष्टि शर्मा, ९ की राष्मिता श्रेष्ठ, ८ कका सुजिता क्षेत्री, साहित्यिका सुवेदी, ७ कका स्मारिका सुवेदी, देवकी सुवेदी र ६ कका अनु पौडेल र सजना गुरुङ उत्कृष्ट भएका छन् । यस्ता नेपाली सांस्कृतिक पहिचान झल्किने कार्यक्रमले विद्यार्थीमा नेपाली मौलिकता बचाउने वातावरण सृजना हुने प्रिन्सिपल डा महेश्वर पराजुलीले बताए ।


मौलिक कार्यक्रम आयोजना गरेकोमा अतिरिक्त क्रियाकलाप विभागलाई बिद्यालयका भाइस प्रिन्सिपल यदुबिलास भुत्र्यालले धन्यवाद दिए । कक्षा ३ देखि १० सम्मका सयभन्दा बढीले दुना, टपरी बनाउने कार्यक्रममा भाग लिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया