रिलायन्स स्कुलमा प्रदर्शनी
समाधान संवाददाता
२०८० मंसिर १७ गते १३:२०

लेखनाथ ।
विद्यार्थीमा किताबी ज्ञानको साथमा व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्ने उद्देश्यले पोखरा २६ को बुढिबजारमा रहेको रिलायन्स पब्लिक स्कुलले शनिबार शैक्षिक प्रर्दशनी आयोजना गरेको छ ।
कक्षा १० सम्म पठनपाठन गर्दै आएको विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशनसँगै बालबालिकाबाट तयार पारिएका सामग्री प्रदर्शन गरिएको हो । ती सामग्री विद्यार्थी र अभिभावकले रुचिपूर्वक अवलोकन गरेको बिद्यालयका निर्देशक कमल रानाभाटले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया