बालबालिकालाई ड्रेस र स्टेसनरी वितरण

पोखरा ।
एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेहेन्दार, कठिन परिस्थिति तथा विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकको २९ औं वार्षिकोत्सवको सन्दर्भमा असल छिमेकी सहयोग संघ (गोनेसा) पोखरासँगको सहकार्यमा ती सामग्री वितरण गरेको बंैकका गण्डकी प्रदेश प्रबन्धक सुधीर गौतमले जानकारी दिए । उनले बैंकले कमाएको नाफा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाजमा खर्च गर्ने बताए ।
‘कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा निरन्तर रुपमा कार्यक्रम गरेका छौं,’ उनले भने, ‘हाम्रो कार्यक्रम आधारभूत तथा अति आवश्यक पर्ने समूहसम्म पुगेको छ ।’ एभरेष्ट बैंक लिमिटेडका शाखा प्रबन्धक उज्ज्वलराज शर्माले बैंकका धेरै कार्यक्रममध्ये शिक्षासँग सम्बन्धित कार्यक्रम गरेको जानकारी दिए । न्यानो कपडाले विद्यार्थीलाई राम्रोसँग पढ्ने वातावरण मिलाएको उल्लेख गर्दै उनले कार्यक्रमबाट उत्साहित भएको प्रतिक्रिया दिए ।
गोनेसा पोखराका कार्यकारी निर्देशक शिवराज शर्माले विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत विन्ध्यबासिनी माध्यमिक विद्यालयका २९ र जानकी आधारभूत विद्यालयका ४६ गरी ७५ जना बालबालिकालाई विद्यालय पोशाक अन्तर्गत स्वेटर, कापी कलम, पेन्सिल लगायतका सामाग्री वितरण गरेको जनाए । उनले बैंकले नाफा कमाउनेमात्र नभएर बाल बालिकाको क्षेत्रमा लगानी पर्ने उल्लेख गरे ।
गोनेसा पोखराका महासचिव श्याम कुँवर, गोनेसाका कार्यसमिति सदस्य केशु भुजेल, सुपरभाइजर कमल पुनले लगायतले यस शैक्षिक सत्रमा आर्थिक अवस्था कमजोर भएका ४ सय ३३ बालबालिकालाई शैक्षिक सहयोग वितरण गर्ने बताए ।
तपाईको प्रतिक्रिया