छोरेपाटन माविका पूर्व विद्यार्थीको भेला

समाधान संवाददाता २०८० मंसिर २२ गते १३:१२

पोखरा ।
पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माविमा रहेको भूपूवद्यार्थी मञ्च पुनर्गठन गर्न बिहीबार भेला भएको छ । भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा ९ सदस्यीय मञ्च अध्ययन तथा पुनर्गठन कार्यदल चयन गरेको छ ।

Advertisement


कार्यदलका सदस्यमा हिमलाल उपाध्याय, गणेश घर्तिक्षेत्री, गुरुप्रसाद ढकाल, विनम गुरुङ, कृष्णप्रसाद पोखरेल, शालिकराम भण्डारी, ज्योति हमाल र शिव न्यौपाने छन् । समितिले शुक्रबारसम्म मञ्चको कानुनी स्थिति खोज गरी विधिवत सञ्चालनका लागि गर्नुपर्ने कार्य गर्ने संयोजक रानाभाटले बताए ।


भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुसाल, शिक्षक उपेन्द्रराज पोख्रेल, छविलाल पनेरु, राजेन्द्र गुरुङ, देवराज आचार्य, विजयराज आचार्य, जयश्वर पौडेल, एकराज बराल, नवराज बराल लगायतले मञ्चलाई सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए ।


विद्यालयका सहप्रधानाध्यापक तथा पूर्व विद्यार्थी खेमराज बराल (ध्रुव)को अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया