स्वर्ण महोत्सवको तयारीमा लक्ष्मी आदर्श

समाधान संवाददाता २०८० मंसिर २७ गते ११:०६

लेखनाथ ।
कास्कीको पूर्वी भेगको पुरानो स्कुल लक्ष्मी आदर्श माविले स्वर्ण महोत्सवको तयारीमा छ । २०७५ मा नै ५० वर्ष पूरा गरेको विद्यालयले स्वर्ण महोत्सव गर्ने तयारी गरिरहँदा काभिड महामारी सुरु भएको थियो ।

Advertisement


०७५ मा रोकिएको महोत्सव यस वर्ष गर्ने तयारी भएको छ । हालै भएको भेलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति र ३० उप समिति गठन गरेको छ ।
आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन ५६ औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव मुल समारोह गर्ने भेलाले निर्णय गरेको छ । भेलामा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई प्रभावकारी तरिकाले अगाडि बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे ।


विद्यालय व्यवस्थाप समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा, त्रिभुवन शान्ति माविका पूर्व प्रधानाध्यापक मित्रलाल सापकोटा, विद्यार्थी पद्मचन्द्र सापकोटा, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका सस्थापक सदस्य भोजराज भण्डारी, स्मारिका प्रकाशन उपसमिति संयोजक चतुराखर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव जमरकट्टेल लगायतले बोलेका थिए ।


विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले विद्यालयको वर्तमान अवस्था र स्वर्ण महोत्सवको तयारीबारे जानकारी गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया