मेलामा गण्डकी बहुप्राविधिकका विद्यार्थी

समाधान संवाददाता २०८० मंसिर २७ गते १२:३७

पोखरा ।
पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अवलोकन गरेका छन् ।

Advertisement


शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल, मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्ययनरत ८० विद्यार्थीले अटो, औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टल अवलोकनसहित सैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् ।


विद्यार्थीलाई अध्ययन–अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले विद्यार्थीलाई आफूले उपभोग गर्ने सामानहरु कसरी उत्पादन हुन्छ, त्यसको प्रवद्र्धन र बिक्रीमा कस्तो कला अपनाउनुपर्छ भन्नेबारे जानकारी राख्न सुझाए ।

तपाईको प्रतिक्रिया