भूपू विद्यार्थी मञ्चमा कृष्ण

समाधान संवाददाता २०८० पुष ४ गते १२:३४

पोखरा ।
पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन माविका पूर्र्व विद्यार्थीहरुको भेलाले कृष्णबहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मावि भूपू विद्यार्थी मञ्च गठन गरेको छ ।

Advertisement


मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्णप्रसाद पोख्रेल, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सहसचिव ज्योति हमाल र सहकोषाध्यक्षमा गणेश घर्तिक्षेत्री छन् । सदस्यमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र बराल चयन भए ।


पूर्वविद्यार्थी कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पूर्वप्रधानाध्यापक लक्ष्मण थापा, सहायक प्रधानाध्यापक खेमराज बराल (ध्रुब) र मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दीपकराज बराल, कृष्णप्रसाद पोख्रेल र शालिकराम भण्डारीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया